प्रधानमन्त्री प्रचण्डले म्याच फिक्सिङ गरे: उपमहासचिव गुरुङ

पाेखरा | असोज १५, २०८०

प्रधानमन्त्री प्रचण्डले म्याच फिक्सिङ गरे: उपमहासचिव गुरुङ

पोखरा:   नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार र शेरबहादुर देउवासँग मिलेर म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् । 


पोखरामा आजदेखि सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उपमहासचिव गुरुङले भ्रष्टाचारको अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीहरुको श्रीमती तर्फ घुम्दा म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् । 

उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधी समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए ।


‘आफ्नो सरकार टिकाउन लागि अपराधी लुकाएर, अपराधी समाउने कुरामा सम्झौता गरेर अहिलेको सरकार चलेको छ’, गुरुङले भने, ‘यो अवस्था त्यो दिनसम्म चलिरहन्छ जबसम्म एमाले बलियो र सत्तामा पुग्दैन, ।’


उनले भ्रष्टाचारको विषयमा अहिलेको सरकारले नौटङ्की देखाइरहेको समेत टिप्पणी गरेका छन् । 


उपमहासचिव गुरुङले माधव नेपालले पार्टी फुटाएर गल्ती गरेको भन्दै एमालेमा समाहित हुन समेत सुझाव दिएका छन् । 


‘माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी स्थापना गरेपनि केही परिवर्तन देखिएन, केपी ओलीसँग झगडा गरेर मात्र पार्टी चल्दैन’, उनले भने, ‘गण्डकीमा एकसिट पनि जित्न सकेन, परिवर्तन केही भएको छैन, एमालेमा छिटै समाहित हुनुहोला ।’


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्